Nic Ad Nic Ad
Nic Ad Nic Ad

अहिलेको सरकारले भात-रोटी खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली

सोमबार, भदौ १०, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापि नहुने बताएका छन् ।

सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगरी बरु प्रोत्साहन गर्ने भन्दै सरकारले कुनै पनि किसिमको शक्तिको दुरुपयोग गर्ने काम नगर्ने बताएका हुन् ।

उनले भने,‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन । अहिलेको सरकारले कसैलाई फसाऔँ भनेर आदेश दिँदैन । ढुक्कले काम गर्नुहोस् । निर्दोष मान्छेलाई फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन । ढुक्कले काम गर्नुहोस् । अब प्रहरीलाई प्रोत्साहित पनि गर्छौँ । औचित्यको आधारमा सरुवा गरिने छ । सरकारले भात-रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन तपाईँहरू स्पष्ट हुनुहोस् ।’

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्