Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिहानैदेखि अवरुद्ध मुग्लिन-आँबुखैरेनी सडक खुल्यो

सोमबार, भदौ १०, २०८१

काठमाडौं- गत शुक्रबार मर्स्याङ्दी नदीमा खसेको बस निकालिएसँगै पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी-मुग्लिन सडक खुलेको छ।

बसलाई क्रेनको सहायताले सडकमा निकालिएपछि दिउँसो सवा २ बजेदेखि सडक संचालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी एवं प्रवक्ता दीपक रायले जानकारी दिए।

उनका अनुसार बसलाई अहिले सडक छेउमै राखिएको छ।  अहिले दुवैतर्फ रोकिएका सवारी निर्वाध संचालन भइरहेका छन्। यसअघि बिहान ६ देखि १० बजेसम्म मात्र सडक बन्द गरिने सूचना जारी गरिएको थियो।

निर्धारित समयमा बस निकाल्न नसकेपछि सवारी साधन लामो जाममा परेका थिए।

गत शुक्रबार पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा खसेको थियो।

दुर्घटनामा २७ भारतीयको मृत्यु भएको थियो भने १६ जना घाइतेको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्