Nic Ad Nic Ad
Nic Ad Nic Ad

भ्रष्टाचारविरुद्ध घण्टी बजाएको कारण आफूहरूमाथि झूटो आरोप लगाएर बदनाम गर्न खोजियो : रवि लामिछाने

सोमबार, भदौ १०, २०८१

काठमाडौँ- पूर्वगृह मन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध षड्यन्त्र गरिएको भन्दै त्यो सफल नहुने बताएका छन् ।

चितवनमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले भ्रष्टाचारविरुद्ध घण्टी बजाएको कारण आफूहरूमाथि झूटो आरोप लगाएर बदनाम गर्न खोजिएको जिकिर गरे । लोकतान्त्रिक व्यवस्थामा जनता शक्तिशाली हुने भन्दै उनले आफूहरूसँग जनताको शक्ति रहेको दाबी गरे ।‘हाम्रोमा हावा नलागी पात हल्लँदैन भन्ने चलन छ, तर त्यो हावा हैन, उनीहरूले फोक्सो फुट्ने गरी फुकेका छन्, त्यो नक्कली हावासँग रवि लामिछाने तर्सिनेवाला छैन, अब म बाघ हुँ भन्न पनि मिलेन, भैँसीले मारिदियो नत्र बाघ नै हुँ भनिन्थ्यो, तर जति कमजोर सोचेका छन् त्यति कमजोर त रास्वपा हैन, त्यति कमजोर घण्टी हैन, त्यति कमजोर रवि लामिछाने छैन,’ उनको भनाइ थियो ।

भ्रष्टाचारको विषयमा हदम्यादको कुरा सदनमा उठेको बताउँदै उनले त्यो विधेयक आए कुनैपनि हालतमा पास गर्न नदिने बताए ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्