रेसुंगामा भोलि सार्वजनिक बिदा
काठमाडौँ- गुल्मीको रेसुंगा नगरपालिकाले रोपाइँ जात्राको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ ।
कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट सांस्कृतिक रोपाइँ जात्राको अवसर पारेर ११ भदौमा नगरले सार्वजनिक बिदा दिएको हो ।नगरपालिकाले सूचना जारी गर्दै गत साउन १४ गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिएको जनाएको छ ।रोपाइँ जात्रा कार्यक्रमलाई सफल बनाउन नगरपालिका कार्यालय मातहतका वडा कार्यालय, विद्यालयहरू, स्वास्थ्य संस्थाहरू लगायत यस नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजनिक बिदा दिइएको जारी सूचनामा उल्लेख गरिएको छ ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट गुल्मी सदरमुकाम तम्घास बजारमा विभिन्न क्लब, समूह, संघसंस्थाले रोपाइँ जात्रा लगायतका कार्यक्रमहरू गर्ने गर्दछन् । यहाँ वर्षौं पहिलेदेखि कृष्ण जन्माष्टमीको अवसरमा रोपाइँ जात्रा गरेर मनाउने प्रचलन रहेको छ ।