Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओमनका विदेश मन्त्री अल्बुसइदी काठमाडौँमा 

सोमबार, भदौ १०, २०८१

काठमाडौँ- ओमनका विदेश मन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदी सोमबार साँझ काठमाडौँ आइपुगेका छन् ।

परराष्ट्र मन्त्री आरजु राणाको निम्तोमा मन्त्री सैयद काठमाडौँ आएका हुन् । उनलाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन विमानस्थलमा स्वागत गरिन् ।

सन् १९७७ देखि ओमन नेपालबीच सम्बन्ध स्थापित भए पनि नेपालमा ओमनको दूतावास छैन । दिल्लीबाटै नेपाल हेर्ने गरेको ओमनमा नेपालबाट वैदेशिक रोजगारका लागि श्रमिकहरू जाने गरेका छन् ।

मन्त्री सैयदले यस भ्रमणमा दुई देशबीचको सम्बन्ध, श्रम कूटनीति लगायत विषयमा छलफल गर्ने बताइएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओली भेट्नेछन् । समकक्षी राणासँग उनको दुई देशीय हितमा संवाद हुनेछ ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्