Nic Ad Nic Ad
Nic Ad Nic Ad

बचत फिर्ताको मागमा सहकारी पीडितले चौथो चरणको सडक आन्दोलन गर्ने

सोमबार, भदौ १०, २०८१

काठमाडौँ - सहकारी पीडितहरूले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी दबाबमूलक बृहत् सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो ।

महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औँ दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प रोजिएको बताइएको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कुशलव केसीले आन्दोलनकै क्रममा चारजना पीडितहरूले ज्यान गुमाइसकेको बताए ।


सहकारी पीडितले आफ्नो बचत फिर्ता पाओस् भन्ने मनशायले तेस्रो पटकको आन्दोलन सुरु गरेको १०१ औँ दिन पुगेको अवसरमा आगामी भदौ १६ गतेबाट बृहत् आन्दोलन गर्ने उनले बताए ।

उनले सहकारी पीडितहरू १६ महिनादेखि निरन्तर आन्दोलनमा रहेको र यो अवधिमा सरकारले दुई पटक सम्झौता गरे पनि पीडितको पक्षमा केही काम नभएको धारणा राखे ।

अध्यक्ष केसीले सरकारले तत्काल कार्यान्वयन गर्ने भनेर दोस्रो पटक आफूहरूसँग सम्झौता गरेको ५ महिना बितिसकेको बताए । तत्कालीन अवस्थामा आफूहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग सम्झौता गरेको र अहिले पुनः उनी सोही मन्त्रालयको जिम्मेवारीमा आएको बताउँदै अध्यक्ष केसीले अब तत्काल राजीनामा दिनुपर्ने जिकिर गरे ।


 

प्रतिक्रिया दिनुहोस्