Nic Ad Nic Ad
Nic Ad Nic Ad

टुँडिखेलमा नाराबाजी भएपछि देउवाको आक्रोश : ‘यही हो सिकेर आएको ? 

सोमबार, भदौ १०, २०८१

काठमाडौं - गौरा पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी भएको छ । नेताहरुले बोल्ने क्रममा नाराबाजी भएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् ।

आफू बोल्न थाले लगत्तै नाराबाजी भएपछि देउवाले आक्रोशित हुँदै भने, ‘तपाईँहरू जति कराउनुछ कराउनुस्, लाज पनि छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू । यही हो तिमीहरूको संस्कृति ? यही हो नेपालको चलन ? यही हो सिकेर आएको ? यस्तै छ, गौरा पर्व सुन्न खेल्न र हेर्न आएकाहरू छन् । न देउडा खेल्न दिन्छन्, कार्यक्रम बिथोल्नेहरू पछाडि बसेका छन् ।’


कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली गएका थिए । कार्यक्रममा सुरुमै प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएपछि छोटो बोलेर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्