Nic Ad Nic Ad
Nic Ad Nic Ad

ईपीजीको प्रतिवेदन बुझ्न भारतलाई प्रधानमन्त्रीको आग्रह

सोमबार, भदौ १०, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गरेका छन् । पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन गर्दै ओलीले प्रतिवेदन बुझेपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट बताए ।

नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित समितिले तयार गरेको प्रतिवेदन बुझ्न भारत लामो समयदेखि उदासीन छ । प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सन्धी गरेको स्मरण गर्दै त्यो युगान्तकारी काम भएको पनि स्मरण गरे ।ओलीले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरू देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने पनि बताए । प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताए ।

‘नेपालले सन्तुलित, इमानदारिता र पक्षधरताविहीनताका आधारमा दुवै छिमेकीसँग असल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ, कसैको कुभलो चिताउँदैनौ,’ उनले भने,‘हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौँ ।’

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्