Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्नुकर सञ्चालकको हत्यापछि युवक हतारिँदै भागेका थिए,शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

मंगलबार, भदौ ११, २०८१

काठमाडौंं - शंखमूलस्थित द टाइम पास स्नुकर एन्ड खाजा घर सञ्चालक रूपक बान्तबाको हत्या भएको छ । गए राति उनलाई आफ्नै घरमा हतियार प्रहार भएको थियो ।

 जिल्ला प्रहरी परिसर काठमाडौंंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनलाई टाउकोमा गम्भीर चोट लागेर सोफामा ढलेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको खाजा घरबाट गएराति एक युवक हतारिँदै भागेका थिए । त्यतिबेला सोमबार बिहान १ बजेर ५० मिनेट भइसकेको थियो । युवक भागेको देखेपछि एक जना महिलाले प्रहरीलाई फोन गरेर घटनाको जानकारी दिएकी थिइन् ।

प्रहरी वृत्त बानेश्वरको प्रहरी टोली केही मिनेटमा नै घटनास्थलमा पुगेको थियो । ४० वर्षीय रूपक बान्तवा स्नुकरको सोफामा पल्टिरहेका भेटिए । उनको टाउकोमा चोट लागेको थियो । प्रहरीले उनलाई मीनभवनस्थित सिभिल अस्पतालमा पुर्‍याएको थियो । चिकित्सकले उनलाई साढे २ बजेमा मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार स्नुकर सञ्चालक रूपकको स्थायी घर बारा हो । उनले शखमुलमा रहेको आफ्नै घरमा स्नुकर सञ्चालन गरेका थिए । बौद्ध बिहार अघिल्तिर रहेको सो स्नुकरमा बान्तवाको हत्या भएको आशंका प्रहरीको छ ।

स्नुकरमा विवाद भएपछि उनलाई कसैले हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे वृत्त बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाडौंंले अनुसन्धान गरिरहेको छ । केही शंकास्पद व्यक्तिहरू प्रहरी नियन्त्रणमा छन् ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्