Nic Ad Nic Ad
Nic Ad Nic Ad

सल्यानमा चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

मंगलबार, भदौ ११, २०८१

काठमाडौं - सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।

सोमबार घर नजिकै गोठालो गएका बेला चट्याङ लागेर गम्भीर घाइते भएका कार्कीको उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल खत्रीले बताए । उनको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्