Nic Ad Nic Ad
Nic Ad Nic Ad

२० प्रहरी अधिकारीलाई सेवाबाटै हटाउने चेतावनी

मंगलबार, भदौ ११, २०८१

काठमाडौं - प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका २० जना प्रहरीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालय, कानुन शाखाले मंगलबार सूचना जारी गर्दै झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेका प्रहरी नायव निरीक्षक (सई)देखि प्रहरी जवानसम्म २० जनालाई सम्पर्कमा आउन भनेको हो ।

गैर हाजिर हुनेमा तीनजना सई, एक जना असई, दुईजना हबल्दार, दुईजना कार्यालय सहयोगी र बाँकी प्रहरी जवान रहेको सूचनामा उल्लेख छ ।

समयमै हाजीर भए सफाइको मौका दिइने र एक साताभित्र कार्यालयमा उपस्थित नभए ‘प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को खण्ड च’ अनुसार सेवाबाटै हटाउने समेत प्रहरी मुख्यालयले चेतावनी समेत दिएको छ ।

 

 
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्