राष्ट्रपति पौडेल पाल्पामा, रथ जात्राको अवलोकन गर्दै
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल आज पाल्पा पुगेका छन्। ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न त्यहाँ पुगेका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन् ।
रथ जात्रामा सहभागी हुन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, रक्षा मन्त्री मानवीर राईलाई समेत भव्य रूपमा स्वागत गरिएको हो।
तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गर्दछ। प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस वर्ष सार्वजनिक बिदासमेत दिएको छ।
नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामका साथ विजय उत्सव स्वरूप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहिआएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ १२:०९
प्रतिक्रिया दिनुहोस्