Nic Ad Nic Ad
Nic Ad Nic Ad

अवरुद्ध हेटौँडा-काठमाडौँ सडक खुल्यो

मंगलबार, भदौ ११, २०८१

बागमती-पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौँ सडक आजदेखि सञ्चालनमा आएको छ । सडक विभागले पहिरो हटाएसँगै अवरुद्ध सडक खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा वर्षाका कारण पहिरो गएको थियो ।यस्तै कान्तिलोकपथस्थित मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध भएको थियो । अहिले उक्त सडकसमेत सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्