Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न खोज्यो : प्रचण्ड

मंगलबार, भदौ ११, २०८१

काठमाडौँ- प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतको सरुवा गरी अनुसन्धान रोक्न जाखेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा शरणार्थी प्रकरण अनुसन्धान निस्तेज पार्न सरकारनै लागि परेको उनको आरोप छ ।‘भुटानी शरणार्थी काण्डको अनुसन्धानमा भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्युरो प्रमुखको सरुवा भयो, त्यो पनि विमान दुर्घटनाले जनताको ध्यान अन्तै तानेको दिन पारेर । हिजोको सरकारले भुटानी शरणार्थी, बाँसबारी, बालमन्दिर लगायतका थुप्रै काण्डको सफल छानबिन गर्दै थियो,’ दाहालको भनाइ थियो, ‘नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न र अरु अपराधीहरूलाई जोगाउन सरकार जे गर्दै छ, त्यो खतरनाक छ । काँग्रेस-एमालेका साथीहरूलाई यो रोष्टमबाटै मेरो अनुरोध छ, नक्कली शरणार्थी काण्ड तपाईँहरूले एक अर्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध होइन ।’

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणको छानबिन रोकेर अन्तर्राष्ट्रियस्तरमै बदनाम भएको बताए । ‘अन्तराष्ट्रिय जगतमै नेपालको कानुनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा धुलोपिठो बनाएको छ,’ उनको प्रश्न छ, ‘यस्तो निर्लज्ज र निकृष्ट घटनाको अनुसन्धान गरिरहेका क्षमतावान र साहसी प्रहरी अधिकृतहरूलाई पुरस्कार होइन, उल्टो सरुवा र छानबिन गरेर बाँकी विश्वलाई के सन्देश दिँदै हुनुहुन्छ तपाईँहरू ? अन्तर्राष्ट्रिय समुदायको यति प्रत्यक्ष चासो र निगरानी रहेको विषयमा पनि यो तहको निर्लज्जताले कहाँ पुग्छ देशको प्रतिष्ठा ?’

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्