सरकार शक्तिको दुरुपयोगतिर अग्रसर छ : प्रचण्ड
काठमाडौँ- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अहंकारपूर्ण, तर गलत बाटोतिर अग्रसर भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले ४० दिनमा सरकोको नियत र गन्तव्यको अवलोकनपछि आफू यो निष्कर्षमा पुगेको सुनाएका हुन ।
‘सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । सङ्ख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ’, उनले भने, ‘जनता भन्दा स्वार्थ समूह अझ माफियाहरूको सेवामा छ ।’
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ १४:३२
प्रतिक्रिया दिनुहोस्