Nic Ad Nic Ad
Nic Ad Nic Ad

२२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न प्रधानमन्त्रीलाई ‘प्रचण्ड’को चुनौती

मंगलबार, भदौ ११, २०८१

काठमाडौँ- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती दिएका छन् । प्रतिनिधि सभामा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष ‘प्रचण्ड’ले बोलेका हुन् ।

आफ्नो चाहे जस्तो निर्णय गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याबिनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव । प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ ।’

उनले अगाडि भने, ‘यदि अबको क्याबिनेटमा २२ अर्बको प्रस्ताव आएन भने देशले अझ राम्ररी बुझ्नेछ, प्रधानमन्त्रीको नियत ।’

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्