Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीसँग ओमानका विदेश मन्त्रीको शिष्टाचार भेट

मंगलबार, भदौ ११, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा उहाँहरूबिच दुई पक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायतको उपस्थिति थियो ।

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा ओमानका विदेश मन्त्री दुई दिने औपचारिक भ्रमणका क्रममा हिजो नेपाल आएको हो । नेपालको ओमानसँग ‘सन् १९७७ जनावरी २१’ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्