भैरहवामा पुनः उडान भर्न र जलविद्युतमा लगानी गर्न ओमानलाई मन्त्री राणाको आग्रह
काठमाडौँ- नेपालको दुई दिने भ्रमणको क्रममा आएका ओमानका विदेश मन्त्री सइद बद्र हमाद अल बुसाइदीको भेट भएको छ ।
परराष्ट्र सचिव सेवा लम्सालसहितको डेलिगेसन तहमा भएको भेटमा परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपालको जलविद्युतमा लगानी गर्न तथा भैरहवामा फेरि हवाई सेवा सञ्चालन गर्न आग्रह गरेकी छन् । परराष्ट्रमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार मन्त्री राणाले पोखरामा नयाँ उडान भर्न तथा भैरहवामा पहिले जस्तै फेरि उडान भर्न आग्रह गरेकी छन् । यस्तै नेपालको पर्यटन तथा जलविद्युत क्षेत्रमा लगानी गर्न पनि उनले आग्रह गरेकी छन् ।
मन्त्री राणाले पत्रकारहरूसँग कुरा गर्दै ओमानी समकक्षी नेपाली कामदारहरूको हक अधिकार तथा नेपालमा लगानी गर्ने कुरामा सकारात्मक भएको बताएकी छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ १६:३६
प्रतिक्रिया दिनुहोस्