Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीले पुल भत्काउँदा पठनपाठन बन्द

मंगलबार, भदौ ११, २०८१

सुर्खेत- बाढीले पुल भत्काउँदा जाजरकोटको शिवालय गाउँपालिका-६ स्थित खडदेवी माध्यमिक विद्यालय टुनीबेगरको पठनपाठन बन्द भएको छ । खोला तर्न नसक्दा विद्यार्थीहरू विगत नौ दिनदेखि विद्यालय जान पाएका छैनन् । 

विद्यालय जाने बीच बाटोमा रहेको भिउसखोलाको बाढीले पुल भत्काएको हो । विद्यालय आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गरेको सो विद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भिउसखोलामा रहेको ट्रक ब्रिजको एउटा भाग पुरै भत्किएको शिवालय गाउँपालिकाका पूर्वाधार विकास शाखाका इन्जिनियर मनोज केसीले जानकारी दिए।

“पुल निर्माण गर्न विकास साझेदार निकायसँग समन्वय भइरहेको छ”, उजले भने । विद्यार्थीको पढाइसँगै सर्वसाधारणको आवतजावत नै ठप्प भएको स्थानीयले बताएका छन् । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यही भदौ २ गतेदेखि विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख मानबहादुर बस्नेतले बताए।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्