राष्ट्रिय भेलाका लागि रास्वपाद्वारा १४ वटा उपसमिति गठन
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेला तयारीका लागि १४ वटा उपसमिति गठन गरेको छ । केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले १ र २ असोजमा काठमाडौँमा हुने पहिलो राष्ट्रिय भेलाको व्यवस्थापनका लागि उपसमिति बनाएको हो ।
प्रतिनिधि, रजिस्ट्रेसन व्यवस्थापन, स्रोत व्यवस्थापन, यातायात तथा आवास, सुरक्षा तथा कानुन, स्वयंसेवक व्यवस्थापन, अडियो भिजुअल व्यवस्थापन, क्याटरिङ व्यवस्थापन, स्वास्थ्य क्लिनिक व्यवस्थापन उपसमिति गठन गरेको छ ।
थप उपसमितिहरुमा बुथ व्यवस्थापन, सांस्कृतिक कार्यक्रम तयारी, मिडिया संयोजन, दस्तावेजसम्बन्धी, आइटी व्यवस्थापन र राष्ट्रिय भेला ब्राण्डिङ उपसमिति बनाइएको छ ।
राष्ट्रिय महाधिवेशन पछि रास्वपाको शक्तिशाली पार्टी संरचना राष्ट्रिय भेला रहेको छ । पहिलो पटक गर्न लागिएको भेलामा देशभरबाट १४ सय हारहारी प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ ।