Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डप्रति चित्रबहादुरको कटाक्ष- सत्तामा छँदा परिवारवाद, बाहिर गएपछि डुक्रिने ?

मंगलबार, भदौ ११, २०८१

काठमाडौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा छँदा सुशासनको पक्षमा केही काम नगरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिर आएपछि डुक्रेको आरोप लगाएका छन् । सत्ताबाहिर पुग्दा प्रचण्ड पानी बिनाको माछोजस्तो भएको उनले टिप्पणी गरे ।

मंगलवार प्रतिनिधिसभा बैठकको विशेष समयमा केसीले प्रचण्डका चर्का कुरा सुन्दा आफूलाई अचम्म लागेको बताएका हुन् ।
‘चर्का कुरा सुनियो, पूर्वप्रधानमन्त्रीका । ओलीविरुद्ध उफ्रिनु भयो, त्यस्तो जान्दा–जाँदै दुईचोटी बालकोट किन पुग्नुभयो ? अचम्म लागेको छ,’ उनले भने ।

सत्तामा बस्दा सिन्को भाँच्न नपर्ने, सत्ताबाहिर गएपछि भ्रष्टाचारको विरोधमा डुक्रिने कुरा उचित नभएको उनले बताए । ‘सत्तामा छँदा परिवारवाद, सत्ताबाट बाहिर पर्दा पानीबाट निकालेको माछाजस्तो । कसले पत्याउने ? सत्ताबाहिर गरेको कुरा कसले पत्याउने ?, उनले थपे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मंगलवारको संसद बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका थिए ।

 


 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्