Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओमानका विदेश मन्त्री स्वदेश प्रस्थान

मंगलबार, भदौ ११, २०८१

काठमाडौँ- ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँबाट प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन्।

उनी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणका क्रममा सोमबार यहाँ आएका थिए । भ्रमणका दौरान विदेश मन्त्री अल्बुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।त्यस्तै परराष्ट्रमन्त्री डा. राणा र विदेश मन्त्री अल्बुसैदीबीच आज द्विपक्षीय भेटवार्ता भएको थियो । उनीहरूबीच नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

त्यसै वार्तामा हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्