रोटर्याक्ट क्लब अफ पाटन हेरीटेजद्वारा "प्रमोटिङ्ग कल्चरल हेरीटेज थ्रु ट्रेडिस्नल स्किल्स वोर्कशप"
काठमाडौ - रोटर्याक्ट क्लब अफ पाटन हेरिटेज, एक समुदाय सेवा संगठन जसले समुदाय सुधार र युवा नेतृत्व विकासमा प्रतिबद्धता जनाउँ जस अन्तर्गत यस क्लबले "प्रमोटिङ्ग कल्चरल हेरीटेज थ्रु ट्रेडिस्नल स्किल्स वोर्कशप" नामक नयाँ कार्य सुरु गरेको छ।
यो स्किल्स वोर्कशप द्वारा नेपालका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई परम्परागत शिल्पकला जस्तै मेटल कारभिङ्ग, मूर्तिकला र क्ले मोडलिङ्ग को बारेमा बुझ्न र सिक्नको लागि अवसर प्रदान गरिदै छ र साथ साथै यसको संस्कृतिक महत्वको बारेमा पनि बुझाईरहेको छ।
यो स्किल्स वोर्कशप १० हप्ता लामो अवधिमा सञ्चालन गरिनेछ र यसलाई दुई चरणमा विभाजन गरिएको छ।
पहिलो चरण, जसमा ९ विभिन्न विद्यालयहरूमा माथि उल्लेखित वोर्कशप प्रदान गर्नमा केन्द्रित छ र यो चरण येही अगस्ट २०२४ मा विभिन्न विद्यालयमा चलिरहेको छ। यस संकरण मा एशियन पब्लिक स्कूल, नाइटिङ्गेल इन्टरनेशनल सेकन्डरी स्कूल, भी.एस. निकेतन सेकन्डरी स्कूल, पाटन हाई स्कूल, प्रगति शिक्षा सदन सेकन्डरी स्कूल, श्रमिक शान्ति स्कूल, श्री टिका विद्याश्रम हाइयर सेकन्डरी स्कूल, चादनी इंग्लिश सेकन्डरी स्कूल, र लिट्ल फ्लावर पब्लिक स्कूल समावेश छन् भने यस स्किल्स वोर्कशपले सोहि विद्यालय हरुका ७०० भन्दा बढी विद्यार्थीहरूलाई प्रभावित गरिरहेको छ।
यो स्किल्स वोर्कशपले नेपाली कला र संस्कृतिको महत्त्वका बारेमा नया पुस्ता लाई शिक्षा दिने साथै विद्यार्थीहरूलाई व्यवहारिक अनुभव पनि प्रदान गर्ने उद्देश्य राख्दछ। यस वोर्कशप प्रसिद्ध र दक्ष शिल्पकार रोटेरियन चन्द्र श्याम डांगोल द्वारा निर्देशित भईराखेको छ।
स्किल्स वोर्कशपको दोस्रो चरण, सेप्टेम्बर २०२४ मा निर्धारित गरिएको छ, जसमा सबै ९ वोटा विद्यालयका ५/६ चयनित विद्यार्थीहरूलाई खोकना ढुङ्गा शिल्प केन्द्रमा विशेष एकदिने थप वोर्कशपमा सहभागी गरायिने छ र यसपछि, विद्यार्थीहरूलाई आफ्ना सिर्जनाहरू विकास गर्न दुई हप्ता समय दिइनेछ, जुन सेप्टेम्बर २०२४ को अन्त्यमा पाटन संग्रहालयमा एक दिने प्रदर्शनीमा प्रदर्शन गरिनेछ।
रोटर्याक्ट क्लब अफ पाटन हेरिटेजका अध्यक्ष रोटर्याक्टर अभिप्सा प्रधान र सचिव रोटर्याक्टर रोजिना डाँगीको नेतृत्वमा, र रोटरी क्लब अफ पाटन हेरिटेजका अध्यक्ष रोटेरियन Sajju Byanjankarको सहयोगमा यो पहल, सांस्कृतिक धरोहरको संरक्षणमा क्लबको प्रतिबद्धता र युवा व्यक्तिहरूको व्यक्तिगत र व्यावसायिक विकासलाई प्रवर्धन गर्ने प्रतिबद्धता दर्शाउँछ। यी स्किल्स वोर्कशपले परम्परागत सीपहरूलाई पुनर्जीवित गर्ने मात्र? होइन, नयाँ पीढीलाई यी महत्वपूर्ण सांस्कृतिक अभ्यासहरूलाई बुझ्न र जारी राख्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।