Nic Ad Nic Ad
Nic Ad Nic Ad

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने २ युवक प्रहरी नियन्त्रणमा 

मंगलबार, भदौ ११, २०८१

काठमाडौँ - गौरा पर्वको अवसरमा सुदूरपश्चिम सांस्कृतिक समाजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने र भाषणको बेला हुलहुज्जत मच्चाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गरिएको छैन । प्राप्त फोटो र भिडिओका आधारमा केहीलाई निगरानीमा राखिएकोसमेत प्रहरीले जनाएको छ ।

घटनाबारे सोधपुछ तथा थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्