Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईसीसी अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित

बुधबार, भदौ १२, २०८१

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन्।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का सचिव र एसियाली क्रिकेट काउन्सिलको अध्यक्ष रहेका साह निर्विरोध आईसीसी अध्यक्ष बनेका हुन्।

उनी २०१९ बीसीसीआईको सचिव र २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्ष थिए। आईसीसीको अध्यक्षको जिम्मेवारी उनले डिसेम्बर १ देखि ग्रहण गर्नेछन्।

वर्तमान अध्यक्षले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिएपछि अध्यक्ष पदमा शाहको उम्मेदवारी परेको थियो। शाह निर्विरोध निर्वाचित भएसँगै वर्तमान अध्यक्ष ग्रेग बार्कले दुई कार्यकालपछि बिदा लिने भएका हुन्।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्