Nic Ad Nic Ad
Nic Ad Nic Ad

हेर्ने कथा प्रभाव : प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्रीको पहल

बुधबार, भदौ १२, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता उपलब्ध गराउने पहल सुरु गरेका छन् ।

पत्रकार विद्या चापागाइँले तयार पारेको ‘हेर्ने कथा मार्फत चर्चामा आएका प्रकाशलाई नागरिकताको आवश्यकता महसुस गरी प्रधानमन्त्री ओलीले गएराति नै गृह सचिव एकनारायण अर्याललाई व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकाशलाई तत्कालका लागि नागरिकताको आवश्यकता देखिएकाले दुई–चार दिनमै नागरिकता दिलाउन सहजीकरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरुले सहयोग गर्न मिल्ने हुन्छ ।’


प्रधानमन्त्री ओलीले नागरिकता प्राप्तिपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको बताएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्