Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुख्खा पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

बुधबार, भदौ १२, २०८१

दार्चुला– सुक्खा पहिरोले महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलङ्गा सडकको मालिकार्जुन गाउँपालिका–८ मेलखेत धामीगाडामा सडक अवरुद्ध भएको छ ।सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालनमा अवरोध भएको छ ।

लोकमार्गका विभिन्न स्थानमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको हो । पहिरोका कारण जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् ।

दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं जाने दिवा तथा रात्रिसेवाका बस बाटोमा नै रोकिएका छन् । पटकपटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसक्दा यात्रीले सास्ती भोग्नुपरेको छ ।

बिहानैदेखि डिभिजन सडक कार्यालय बैतडी पाटनको स्काभेटरले पहिरो पन्छ्याए पनि ठूलो ढुङ्गा फुटाउन ढुङ्गा फुटाउने स्काभेटर आएपछि मात्र ढुङ्गा हटाएर बाटो सञ्चालन गर्न सकिने सुपरभाइजर गणेश बोहराले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्