Nic Ad Nic Ad
Nic Ad Nic Ad
समाज सेवा

माईली अर्थात् हिमानीः सदाबहार राजपरी पूर्वयुवराज्ञीका सामाजिक छलाङ 

बुधबार, भदौ १२, २०८१

काठमाडौं– ‘देशलाई कसरी उकास्ने भनेर सोच्ने बेला आएको छ’, पूर्वयुवराज्ञी हिमानी शाहले केही बर्षअघि दिएको अभिव्यक्ति थियो। विवादमा आउन नचाहेका कारण राजनीतिक विषयमा उनले त्यति धेरै टिप्पणी गरेको पाइन्न।

माइतीतिर उनी माईली छोरी हुन्। राजपरिवारसँग सम्बन्ध गाँसिएपछि उनी एउटा सीमामा बाँधिएकी थिइन्। अभिभावक भएका कारणले उनले आफ्ना छोराछोरीलाई अध्ययनलगायतमा हस्तक्षेप गर्दिनन्। मनिषा कोइरालासँगको अन्तरवार्ताका क्रममा उनले भनेकी छन्,‘उनीहरूले आफूलाई सोच्ने विषयमा अध्ययन गर्दा राम्रो हुन्छ।’ 

उनी हिमानी ट्रष्टमार्फत समाजसेवामा पनि सक्रिय रहेकी छन्। यसको सुरुआत उनले दोलखाको नाम्दुमा पानीको समस्या समाधानका लागि जाँदा खेपेको दुखपश्चात् भएको रहेछ। हिमानीले भनेकी छन्,‘समाज सेवा पनि यसै गरेर भन्दा कुनै संस्थामार्फत गर्दा हुने रहेछ। त्यसरी अगाडि बढेको छु।’

यसबाहेक हिमानीका अन्य निजी र व्यक्तिगत जीवनका खुसीका कतिपय प्रासङ्गिक गतिविधि पनि सतहमा नआएका होइनन्। यसैकारण पनि उनीप्रति आमसाधारणको चासो बलियो रहने गरेको पाइन्छ। 

उमेरले ५० को नजिक रहे पनि सदाबहार सौन्दर्यताकी धनी उनी तीन सन्तानकी आमा पनि हुन्। 

टिकटकमा केही महिना अघि तन्नेरी छोरीहरूसँग नौलो अन्दाजमा देखिएकी हिमानीका लागि लाइकका बर्षा भए। असिनाजसरी झरे कमेन्ट। भिडिओ डाउनलोड र अपलोडको एउटा भाइरल शिलशिला भयो।

‘जसो गर जे गर जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो!’ अथवा, ‘गुराँसको फेदमुनी सम्झनाको छायाँ जहाँ गए किन लाग्छ मलाई तिम्रो माया!’ भन्ने बोलको गीतमा उनको नृत्य इन्टरनेटमा भाइरल भएको थियो। 

अहिले पनि ति भिडिओको चर्चा उत्ति नै हुने गरेको पाइन्छ। 

हिमानीको सुन्दरताको निखारबारे चासो राख्ने धेरै छन्। यद्यपि त्यो सुन्दरताको कसीमा उनले गर्ने व्यवाहार, आनीबानी र शैली अबिछिन्न छन्।

हिमानीको मुस्कानमा नै त्यो दम छ जुन कुनै पनि राजनीतिक व्यक्तिको तिखो, मिठो, वा सत्य बोलीमा छैन। उनको अनुहारमा त्यो चमक छ र त आम नेपालीको कदरमा उनीअघि कुनै पनि अत्तरधारी अभिनेत्री फिक्का देखिन्छन्।

‘मानिसको सौन्दर्यता रुपमा मात्र होइन, उनको बोल्ने शैली र जनताप्रति गरिने व्यवाहार बोली बचन पनि हो’, एक महिला अधिकारकर्मी भन्छिन्,‘बेला मौका विभिन्न फोरममा भेट्दा हिमानीले गर्ने व्यवाहार त्यसका उदाहरण हुन्।’

नहुनु पनि कसरी? एउटा सार्वजनि कार्यक्रममा कफि पिउँदै गरेकी हिमानी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको प्रवेश हुनासाथ अनौठा झुकाव राख्छिन्। हातमा लिएको कफीको कप टेबलमा राखेर दुई हात जोडेर सम्मान राख्छिन्। 

घृणित व्यवहारबीच हुर्किएका असल राजनीतिज्ञहरू पनि कठोर शासन व्यवस्थाभित्र हुर्किएको मुस्कानका अघि अश्वेत छन्। त्यसैले त हिमानीका हरेक अन्दाजहरू लेखनकौशल्य छन्, वर्णनसौम्य छन्।
balen-himani-1724829365.jpg
 

गरिबलाई छत, विद्यार्थीलाई स्कुल, न्यायका निम्ति चर्का भाषण होइन मैदानमा सेवाको व्यवाहारिकता देखाउन सक्ने साहसले पनि उनको सौन्दर्यलाई अझ चमक दिन्छ । त्यसैले त आलोचकहरू पनि उनलाई भन्छन्– हिमानी अर्थात् ‘राजपरी।’

यवुराज्ञीका रुपमा लामो समयसम्म आफूलाई अनुभवी बन्ने मौकाबाट समयले उनलाई लतारेको थियो। महारानी हुने त सवालै भएन। तैपनि त्यो स्थानमा आम मानिसले उभ्याईदिएकी उनका शव्द र औपचारिक भाषण अति न्युन तर सम्मान योग्य सुनिन्छन्।

प्रचारमोह नभएकी, आफूलाई आधुनिकतासँगै राजपरिवारको कुलको मर्यादाक्रममा राखेकी हिमानी दिनदुखीका निम्ति चिन्तित हुन्छिन्। उनका बिरलै सुनिने आवाजहरू बेलामौका औपचारिकतामा देखिएका थिए। 

उनले भनेकी थिइन्,‘सामाजिक कार्यमा आफूलाई समर्पित गर्दै आइरहेको यहाँहरूलाई जानकारी नै छ। बेलामौका हुने दैवीप्रकोपका क्रममा पूर्व औराहीका अग्नीपीडित हुन् या पश्चिम खारापानीका बाढीपीडित अथवा कैलाली, महेन्द्रनगर र सुर्खेतका स्थानीयले व्यहोरेको बाढीको प्रकोप होस् अथवा बारा पर्सासम्म हामीले सम्भव भएसम्म राहत वितरण गरेका छौं।’

०७२ को महाभूकम्पमा पीडित भएकालाई ट्रष्टमार्फत नै खानेपानीका पाइपमात्र होइन इपिसेन्टर रहेको गोरखाको लाप्राक क्षेत्रमा विद्यालय नै निर्माणमा पनि हिमानीको योगदान रहेको थियो। 

राजपरिवारभित्र पूर्वयुवराज पारस शाहको आनीबानीलाई झेल्दै, उनको समेत उद्दारका लागि थाइल्यान्डसम्म खटीएकी हिमानी एउटी कुशल आमाका रुपमा पनि सन्तानका लागि खटिइन्।

दुई छोरी पूर्णिका, कृतिका र एक छोरा हृदयेन्द्रको अभिभावकत्वमा सक्रिय देखिएकी उनी धार्मिक अनुष्ठानका निम्ति विभिन्न तिर्थस्थलमा आफूमात्र जाने गरिनन्, सन्तानलाई पनि संस्कारको बाटोमा हिँडाउने गर्छिन्।

राजपरिवारको सदस्य हुनुका नाताले उनी कुटनीतिक सम्बन्धका दृष्टिकोणमा पनि निक्कै अब्बल रहेको निकटवर्तीहरू बताउँछन् । त्यसका प्रमाणहरू हुन् अनौपचारिक रुपमा नै भएका कतिपय विदेश भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समन्वय गरिदिनु।

थाइल्यान्ड, सिंगापुर, मलेसीया, श्रीलंका, माल्दिभ्स होस् या भारतका विभिन्न सहरमा हुने उच्च तहका भ्रमण त्यसमा हिमानीको समन्वयकारी भूमिका देखिँदै आएको छ।

गएका केही बर्षमा उनको यस्तो सक्रियता लोभलाग्दो थियो। तर हालसाल भने त्यति धेरै देखिएका छैनन्। निर्मल निवास स्रोतले भन्यो,‘कार्यक्रमहरू तय हुने क्रममा छन्। उहाँले सामाजिक कामको सक्रियतालाई अझ बढावा दिनुहुनेछ।’
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्