Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली र देउवाविरुद्ध टुँडिखेलमा नाराबाजी गर्नेलाई पक्राउ गरेकोमा रास्वपाले जनायो विरोध

बुधबार, भदौ १२, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको विरोध गरेकै आरोपमा युवाहरूलाई पक्राउ गरेकोप्रति असन्तुष्टि जनाएको छ । प्रतिनिधि सभाको बैठकमा सांसद हरि ढकालले युवाहरूलाई समातेर सरकारले गलत गरेको बताए ।

उनले भने, ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषण गरे, यसलाई अराजकता अनेक अनेक बहाना लगाएर भिडिओ फुटेजहरू हेरेर युवा साथीहरूलाई हिरासतमा राख्न थालेको रहेछ । यो गलत भएको छ । विरोधका बोलीहरू त्यो पनि युवाले राखेको छ । राज्यले सुन्न सक्ने धैर्यता राख्न सक्नुपर्छ ।’स्वदेशमा रोजगारी र अवसरबाट वञ्चित बनाइएका युवाहरूले सिंहदवारभित्रको बेमानहरूलाई खबरदारी गर्दै गर्दा समाउन नपाइने उनको तर्क छ ।

उनले थपे, ‘ती युवाहरूको तत्काल रिहाको माग गर्छु । स्ट्याटस लेखेकै भरमा युवाहरूलाई समेतको कुरा आएको छ, कमिलाको उड्ने बेलामा प्वाँख पलाउँछ त्यस्तो नहोस्, हामी पनि यो विषयमा संवेदनशील छौँ तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाएको जस्तो छ ।’

उनले क्यामेरामा देखिएको युवामात्रै नभएर टुँडिखेलाभरीका सबैलाई समातेर देखाउन गृह मन्त्रीलाई चुनौती दिए ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्