Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिर्गौलाको दाम १० लाख दिने प्रलोभनमा पारी भारत लग्ने दुई जना प्रहरी नियन्त्रणमा 

बुधबार, भदौ १२, २०८१

काठमाडौं– आर्थिक अभावमा रहेका मानिसलाई १० लाख रुपियाँमा मिर्गौला बेच्न सकिने प्रलोभनमा पारी भारतको कलकत्ता पुराउने दुई जनालाई नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ। 

पीडितको उजुरीका आधारमा ब्युरोले ललितपुर महानगरपालिका–८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका–२ घर भएकी ४२ वर्षीया शान्तिमाया घलानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको हो। 

पीडितलाई मृगौला बिक्री गरेमा १० लाख कमाउन सकिने लोभ देखाएर स्वास्थ्य परीक्षण गराई काठमाडौंबाट वीरगञ्ज हुँदै भारतको कलकत्तासम्म लगेको प्रहरीले प्रारम्भिक चरणमा खुलाएको छ। 

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने परिवारका सदस्यभित्रको मानिस बनाउनका लागि सरकारी कागज समेत किर्ते र जाली बनाएको विषय प्रहरीले खुलाएको छ। काठमाडौं जिल्ला अदालतबाट नौ दिनको म्याद थप गरी पक्राउ गरिएकामाथि अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्