Nic Ad Nic Ad
Nic Ad Nic Ad

भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने विधेयक फिर्ता लिन माग

बुधबार, भदौ १२, २०८१

काठमाडौँ- नेपाली काँग्रेसका सांसद अर्जुनरसिंह केसीले भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद राख्ने गरी प्रस्तावित विधेयक फिर्ता लिन सरकारलाइ आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपाली समाजमा निराशा बढेको र यसको कारण खोजी गर्दा भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद राख्ने प्रस्तावित विधेयक समेत रहेको सांसद केसीले बताए । ‘सबैभन्दा पहिला भ्रष्टाचारको मुद्दामा पाँच वर्षको हदम्याद राख्ने जुन काम गरेको छ । यो अत्यन्त दुर्भाग्यपूर्ण छ । यो कसको निम्ति ल्याइएको हो रु लोकतन्त्रको निम्ति ? सुशासनको निम्ति ? सामाजिक न्यायको निम्ति वा विकासको निम्ति हो ?’ केसीले प्रश्न गरे ।

उनले यो विधेयकलाई नै फिर्ता लिन सरकारलाई भनेका छन् । ‘‘ केवल भ्रष्टाचारबाट उन्मुक्ति दिने, त्यसलाई प्रोत्साहन गर्ने भएको हुनाले यो विधेयक तत्काल फिर्ता गरोस् यदि यो सरकार सुशासको पक्षमा छ भने, यो सरकार साँच्चै दण्डहिनता र भ्रष्टाचार विरोधी छ भने’ उनले भने । विधेयक अगाडि बढाउने नै हो भने सांसदहरुलाई ह्विप लगाउन नहुने उनको राय छ । ‘होइन सक्दै सक्दैन्, त्यसलाई रक्षा गर्नुछ भने यो सदनलाई विवेकको मत दिन अधिकार प्रारम्भ गरियोस्’ सांसद केसीले भने ।

अन्य देशमा समेत सांसदले विवेकको मत प्रयोग गर्ने अभ्यास रहेकाले भ्रष्टाचारमा अनुसन्धानमा पाँच वर्षको हदम्याद राख्ने विषयमा नेपालको सदनमा समेत विवेकको मत प्रयोग गर्न दिनुपर्ने उनको माग छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्