नेप्सेमा उच्च गिरावट, १४ अर्ब तल झर्यो कारोबार रकम
काठमाडौँ- बुधबार सेयर बजारमा तीव्र उतारचढावबीच अन्ततः सामान्य अंक बढेको छ ।
कारोबार सुरु भएपछि सवा १२ बजे बजार बढेर २८६० अंकसम्म पुगे पनि त्यो वृद्धिमा टिक्न सकेन । अन्ततः बजार २७८६ अंकमा बन्द भयो । जुन अघिल्लो दिनको तुलनामा ३.८ अंक बढेको हो । दिउँसो बजार २७६२ अंकसम्म झरेको थियो ।
बजार सामान्य अंक बढ्दा कारोबार रकममा भने उच्च गिरावट आएको छ । अघिल्लो दिन १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १३ अर्ब ७२ करोडमा खुम्चियो ।
यस दिन बैंकिङ समूहको सूचक ०.९२, होटेल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.४९, लगानी १.०१, उत्पादन ०.०३, अन्य ०.०९ प्रतिशत बढे । विकास बैंक ०.८०, फाइनान्स १.६९, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा ०।९७ तथा व्यापार समूह १.४३ प्रतिशत घटे ।
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ १५:३८
प्रतिक्रिया दिनुहोस्