Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलीलाई होइन, ‘प्रचण्ड’लाई संसदले स्पष्टीकरण सोध्छ : योगेश भट्टराई

बुधबार, भदौ १२, २०८१

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री होइन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा एक रुपैयाँ पनि छुट दिन हुन्न भन्नेमा आफूहरू प्रष्ट रहेको बताए ।बरु माओवादी अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको सरकारले १६ अर्ब मिनाहा गर्ने आशयले निर्णय गरेको भन्दै उनले भने, ‘हिजो विपक्षी दलको नेताले प्रधानमन्त्री केपी ओलीजीलाई स्पष्टीकरण सोध्छु भन्नुभयो । म तत्कालीन प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईँ कुन कानुनका आधारमा कुन अधिकार प्रयोग गरेर नेपाल विद्युत् प्राधिकरणको विद्युत् बक्यौता छुट दिने निर्णय गर्नुभयो ? यो प्रतिनिधिसभाले तपाईँलाई स्पष्टीकरण सोध्छ ?’

महालेखा परीक्षकले गरेको निष्कर्षमा कुनै टिप्पणी गर्नुपरे लेखा समितिले मात्र गर्ने उनले बताए । तर ‘प्रचण्ड’ले नभएको अधिकार प्रयोग गरेको भन्दै उनले भने, ‘उहाँले अख्तियारको दुरुपयोग गर्नुभयो । यो देशमा अख्तियार छ भने पुष्पकमल दाहालजीलाई सोध्नुपर्छ कि तपाईँले यो अख्तियारको दुरुपयोग किन गर्नुभयो ?’

भट्टराईले बोल्ने क्रममा नेकपा एमाले र माओवादी केन्द्रका सांसदबीच नोकझोक भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्