Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी छानबिन संसदीय समितिले एक साताभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने

बुधबार, भदौ १२, २०८१

काठमाडौँ- सहकारी छानबिन संसदीय विशेष समितिले एक साताभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने भएको छ ।

विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरूमध्ये ५० जना व्यक्तिसँग गरिएको सोधपुछ गरिएको अहिलेसम्मको छलफल बयानको समीक्षात्मक प्रतिवेदनको मस्यौदा सात दिनमा तयार पार्ने समिति सभापति सूर्य थापाले जानकारी दिए ।

समितिले विभिन्न नियामक निकाय, सरोकारवाला व्यक्ति, संस्थासँग छलफल गरेको थियो । समितिलाई दिइएको समय यही भदौ २३ गते सकिँदै छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्