Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानमा पोलियोका कारण बालिकाको मृत्यु

बिहीबार, भदौ १३, २०८१

काठमाडौं– पोलियोका कारण पाकिस्तानमा एक बालिकाको मृत्यु भएको छ । विश्वका धेरै मुलुकबाट उन्मूलन भइसकेको पोलियो पाकिस्तान, अफगानिस्तान, नाइजेरियाजस्ता देशमा अझै पाइन्छ ।

पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित खारा जिल्लामा पोलियोका कारण २३ महिने बालिकाको मृत्यु भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

पछिल्लो समय बलोचिस्तानका ८ जिल्लामा पोलियो भाइरसको प्रकोप देखिएको छ । डनका अनुसार हालसम्म बलोचिस्तानमा १२ जनामा पोलियो देखिएको छ ।

पाकिस्तानको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले बालिकालाई उच्चज्वरो, पक्षघातजस्ता लक्षण देखिएको जनाएको छ । लक्षण देखिएपछि बालिकालाई केही दिनसम्म घरमै उपचार गरिएको र पछिमात्रै प्रान्तीय राजधानी क्वेटाको अस्पताल पु¥याइएको थियो । मृत्यु भएको भोलिपल्टमात्रै उनमा पोलियो रोग पुष्टिभएको डनले जनाएको छ ।


 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्