Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

बिहीबार, भदौ १३, २०८१

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार दुईसय रूपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। बुधबारको तुलनामा प्रतितोला एकसय रूपैयाँले वृद्धि हुँदै सुन कीर्तिमानी मूल्यमा पुगेको हो।

बुधबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो। बुधबार सुन तोलामा ८ सय रूपैयाँले बढ्दै हालसम्मकै उच्च प्रतितोला एक लाख ५२ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो। 

यो साता आइतबार प्रतितोला एक हजार रूपैयाँले बढेर सोमबार प्रतितोला एकसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार स्थिर रहेको थियो। बुधबार र बिहीबार भने सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

बुधबार प्रतितोला एक हजार ८ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला एक हजार ८ सय ३० रूपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो साता आइतबार तोलामा ३५ रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार १० रूपैयाँले घटेको थियो। मंगलबार भने तोलामा १० रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको थियो। 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्