Nic Ad Nic Ad
Nic Ad Nic Ad

तडकभडक नगरी तीज मनाउन काठमाडौँ प्रशासनको आग्रह

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन सूचना जारी गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गरेर तडक भडकसहित खर्चिला कार्यक्रम नगर्न आग्रह गरेको हो ।

‘विगतका तुलनामा हालका वर्षहरूमा तीज मनाउने क्रममा अनावश्यक तडक भडकसहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, प्रशासनले सूचनामार्फत भनेको छ ।

सूचना विपरीत हुने कार्यक्रम भएमा सामाजिक व्यवहार सुधार ऐनअनुसार कारबाही गर्नेसमेत प्रशासनले चेतावनी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्