Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली र देउवाविरुद्ध नाराबाजी गर्नेलाई रिहा गर्न रास्वपाले गरेको मागप्रति काँग्रेसको आपत्ति

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ - नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नेलाई रिहा गर्न माग गरेकोप्रति आपत्ति जनाएको छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपा धार्मिक सहिष्णुता भंग गर्न उद्धत रहेको आरोप लगाए। हिजो रास्वपा सांसद हरि ढकालले बोल्दै टुँडिखेलमा विरोध गर्दा पक्राउ गरेकाहरूलाई छाड्न माग गरेका थिए।त्यसबारेमा उनले भने, ‘टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा घुसपैठ भएको थियो भन्न सकिन्छ। तर, प्रतिपक्षमा बसेका सांसद साथीहरूले त्यहाँ प्रदर्शन गर्नेहरूका रिहाइको माग गर्नुभयो। दलका व्यक्तिहरूको पनि उपस्थिति देखिएको कुरा आएको छ। त्यो गौरा पर्वमाथि आक्रमण गरेको कि नेपाल सरकार नेपालको प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरेको हो ? यो धार्मिक सहिष्णुता भंग गर्ने जुन दल उद्धत छ त्यो दलमाथि प्रश्न गर्छु।’

उनले क्यानको डिजीलाई आफ्नो मान्छे भएको भन्दै जोगाउनको लागि भन्दै रास्वपाको सहमहामन्त्री आफूकहाँ आएको समेत बताए।

उनले थपे, ‘क्यानको विषयमा छलफल हुँदैछ। १३ जना सांसदहरूले यहाँ सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ। यसै पार्टीका सहमहामन्त्री हतारिएर म कहाँ आउनुभयो। क्यानको डिजीको बारेमा उहाँ हाम्रो मान्छे, हाम्रो निर्वाचन क्षेत्रको मान्छे, रवि लामिछाने उहाँको दलको निर्वाचन क्षेत्रको मान्छे, उहाँलाई जोगाउन लाग्नुपर्‍यो भनेर अचानक म कहाँ आइपुग्नुभयो । त्यो पार्टीको सहमहामन्त्री हुनुहुन्थ्यो । म प्रश्न गर्छु यो चरित्रले देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग हाम्रो यत्रो ठूलो आशा छ, यस्तो डबल स्ट्यान्डरले हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने कल्पना गरेको थिइनँ ।’

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्