Nic Ad Nic Ad
Nic Ad Nic Ad

हवाई उडान सुरक्षाका लागि पाइलट कर्तव्यनिष्ठ हुनुपर्छ : पर्यटन मन्त्री पाण्डे

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हवाई उडानमा पाइलट कर्तव्यनिष्ठ भए हवाई उडान सुरक्षित हुने बताएका छन्।

बिहीवार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। उनले हवाई उडान सुरक्षित बनाउनको लागि उडानमा खटिने सबै जनशक्तिले पाएको जिम्मेवारीमा कर्तव्यनिष्ठ हुन जरुरी रहेको बताए ।मन्त्री पाण्डेले हवाई उडान क्षेत्रका जनशक्तिहरू आत्मा अनुशासनमा रहन आवश्यक देखिएको धारणा राखे । उनले पाइलट र इन्जिनियरले प्राप्त गरेको ड्युटीमा कर्तव्यनिष्ठ भएर काम गरे हवाई दुर्घटनामा कम हुने बताए । उनले नेपालको आकाश र नेपालमा सञ्चालनमा रहेका एयरलाइन्सहरू सुरक्षित रहेका विश्वलाई सन्देश दिन जरुरी रहेको बताए ।

उनले भने ,‘नेपालको आकाश र नेपालमा सञ्चालनमा रहेका एयरलाइन्सहरू सुरक्षित छन् । विदेशी पर्यटकहरू ढुक्कले नेपालमा आउनुस् । नेपालका हेलिकप्टर र जहाजले दिने सेवामा दुबिधा हुँदैन भन्ने कुराको विश्वास दिलाउने काम हामीले गर्छौ । अब नेपाल हवाई उडान क्षेत्रको सुरक्षामा प्रतिविद्धताका साथ लागेको छ भन्ने विश्वमा सन्देश पुर्‍याउन आवश्यक छ । नेपाल माथि प्रश्न गर्नुपर्दैन भन्ने वातावरण बनाउनु विदेशी एयरलाइन्सहरूले सहयोग पुर्‍याउनुपर्ने छ । पछिल्ला दिनहरूमा हवाई सुरक्षाको चुनौतीहरू मुलुकका लागि ठूलो चुनौतीको विषय हो । यो एयलाइन्सहरुले आम मानिसहरूलाई हवाई उडानमा सुरक्षा दिन्छौँ र हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छ भन्ने कुरामा प्रश्न गर्नुपर्दैन । भन्ने कुरालाई विश्वासमा दिन सक्नुपर्छ । हवाई उडान क्षेत्रका मुख्य गरेर जनशक्तिहरू आत्मा अनुशासनमा रहन्छौँ भन्ने कुरा हो । पाइलट र इन्जिनियरले प्राप्त गरेको ड्युटी कति कर्तव्यनिष्ठ छ भन्ने कुरामा निर्भर हुन्छ । दायित्वलाई कर्तव्यनिष्ठ हुन जरुरी छ ।’

उनले हवाई दुई घटना सम्बन्धी हुने छानबिनलाई पनि वास्तविकता खोज्न जरुरी रहेको बताए । उनले विगतमा भएका हवाई दुर्घटनाको छानबिन समितिले गरेका छानबिनलाई समीक्षा आवश्यक रहेको बताए ।

अहिलेसम्म हवाई दुर्घटनापछि बनेका छानबिन समितिले दिएका प्रतिवेदन तथ्यपरक भए/नभएको विषयमा समीक्षा गर्नु जरुरी रहेको उल्लेख गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्