Nic Ad Nic Ad
Nic Ad Nic Ad

सबै पाठ्यक्रमहरू परिमार्जन गर्छौँ : शिक्षा मन्त्री भट्टराई

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालयले सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्ने बताएकी छन् ।

बिहीबार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिंकेज’ मा बोल्दै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी हुन् ।‘सीटीइभीटीलाई हामीले पुनः संरचना गर्नुपर्छ । ०४५ सालको आवश्यकता आज ०८१ सालसम्म आइपुग्दा त्यही संस्थागत मूल्य, त्यही नीति । जसलाई अहिले पनि हामीले ऐनलाई खास संशोधन गरेका छैनौँ । नयाँ ढङ्गले निर्माण गरेका छैनौँ। त्यही नीतिबाट मार्गदर्शक छौँ । म आएपछि पुनः संरचना गर्ने सोचेँ । सीटीइभिटीलाई अहिलेको अवस्थामा यसको पाठ्यक्रम र पुनः संरचनाको लागि दुईवटा टिम बनाएर हामीले जिम्मेवारी दिएका छौँ, ’उनले भनिन् ।

पाठ्यक्रममा उद्यमशीलतामा काम गरिरहेको पङ्क्तिलाई कसरी जोड्ने भन्ने कुरा आवश्यक रहेको बताइन् । ‘अन्तर्राष्ट्रिय श्रम बजारमा जान सक्षम जनशक्ति तयार गर्छौ भन्यौँ हामीले । त्यहाँ नै हामी गलत भयौँ । हामीले नेपालको लागि कस्तो जनशक्ति चाहिन्छ भनेर प्रक्षेपण त बारम्बार गर्‍यौँ । तर हामीले के भन्यौँ भने हाम्रो शिक्षण संस्थाले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने, अन्तर्राष्ट्रिय श्रम बजारमा गएर बिक्ने जनशक्ति तयार गर्नुपर्छ भन्ने कुरा कहिल्यै पनि भन्न छोडेनौ, ‘उनले भनिन्।

उनले शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय र श्रम मन्त्रालयकाबीच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्