Nic Ad Nic Ad
Nic Ad Nic Ad

युवा नेता चुडाल भन्छन्– युवालाई त्रास होइन, रोजगारी देऊ सरकार

बिहीबार, भदौ १३, २०८१

इटहरी– नेकपा माओवादी केन्द्रका युवा नेता मदन चुडालले युवालाई त्रासको साटो रोजगारी दिनका लागि सरकारलाई अपिल गरेका छन्। 

टुडीखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालो गौरा पर्वका बेला बोल्ने क्रममा होहल्ला गरेको भनी दुई जना पक्राउ गरिएपछि अनेरास्ववियु क्रान्तिकारीका पूर्वउपाध्यक्ष चुडाल भन्छन्,‘युवालाई पक्राउ गरी त्रास होइन, रोजगारीको ग्यारेन्टि गरियोस्।’

पक्राउ गरिएकालाई विनाशर्त रिहा गर्नकालागि उनले माग गरेका छन्। चुडाल माओवादी इटहरी उपमहानगरपालिकाका इञ्चार्ज पनि हुन्। 
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्