Nic Ad Nic Ad
Nic Ad Nic Ad

चलचित्र विकास बोर्ड अध्यक्षको सर्ट लिस्टमा परिनन् करिश्मा, यी हुन् तीन प्रतिस्पर्धी

बिहीबार, भदौ १३, २०८१

काठमाडौं– चलचित्र विकास बोर्डको अध्यक्षका निम्ति परेका ६ जनाको नामबाट तीन जना छानिएको छ। यो सर्ट लिष्टमा अध्यक्षका लागि पहल गरिरहेकी अभिनेत्री करिश्मा मानन्धर परेकी छैनन्। 

फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेशराज दाहाल (दिनेश डिसी), फिल्म निर्देशक दीपा पाण्डे बस्नेत र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम सर्ट लिष्टमा छ। 

सिफारिस समितिले उनीहरूको नाम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङसामु सिफारिस गरेको हो।

समितिले सिफारिस गरेका व्यक्तिमध्ये  मन्त्रिपरिषद् बैठकले एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ। 

अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको थियो। यसअघि बोर्ड अध्यक्ष अभिनेता एवं निर्माता भुवन केसी थिए। यो दौडमा अभिनेत्री मानन्धर पनि रहेकी थिइन्। 

अब मानन्धरको यस पटक विकास बोर्ड अध्यक्ष हुने सम्भावना टरेको छ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
...त्यसैले त करिश्मा
शनिबार, मंसिर २३, २०८०