Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई तिहाइको घमण्ड नगर्नुहोस्, बङ्गलादेश र श्रीलंका सम्झिनुस् : प्रचण्ड

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ- माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न चेतावनी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा बुधवार र बिहीबारसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदधिकारीहरुको परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले बङ्गलादेश र श्रीलंकाको अवस्था आउन सक्ने भन्दै चेतावनी दिएका थिए।

 

‘दुई तिहाइको घमण्ड चाहिँ नगर्नुस् है, मैले भनेको छु । तपाईँ सुध्रिनुस् भनेको छु । राम्रो गर्नुभयो भने हामी समर्थन गर्छौ भनेको छु । दुई तिहाइको घमण्ड गर्नुहुन्छ भने बङ्गलादेश र श्रीलङ्का सम्झिनुस् भनेर सम्झाएको मात्रै हुँ ।’ उनले भने ।

दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने समेत उनले बताएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्