Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद् बैठक शुरु

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ - मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि बोलाइएको बैठक केही बेर ढिला गरी शुरु भएको हो । 

आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै नयाँ मुख्यसचिव नियुक्तसमेत गरिँदै छ । मुख्य सचिव लीलादेवी गडतौलाको कार्यावधि शुक्रवार(भोली) सम्म मात्रै रहेकोले आइतवारबाट लागू हुने गरी नयाँ मुख्य सचिव नियुक्त गरिन लागेको हो । 

वरियताक्रममासमेत अगाडी रहेका कार्यक्षमतामा अब्बल वरिष्ठ सचिवहरूमध्येबाट एक जनालाई सरकारले मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गर्नेछ । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्