पाँचथरमा घरेलु विस्फोटक पड्कँदा ४ बालबालिका घाइते
पाँचथर- पाँचथरको फालेलुङ गाउँपालिका-५, लुङमादिनमा बिहीबार विस्फोटक पदार्थ पड्कँदा चार बालबालिका घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुई बालबालिकाको अवस्था गम्भीर छ । अन्य दुईको अवस्था सामान्य छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरमा प्रहरी नायक उपरीक्षक हेमन्त भण्डारीले घरेलु विस्फोटक पड्किएको खबर आएको बताए ।
‘घरेलु विस्फोटक पदार्थ पड्किएको भन्ने खबर आएको छ । प्रहरी टोली घटनास्थल पुग्दै छ । घाइतेहरूलाई जिल्ला अस्पताल ल्याइएको छ । दुईजना अलिक सिसियस छन् ।’
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१ १९:०७
प्रतिक्रिया दिनुहोस्