Nic Ad Nic Ad
Nic Ad Nic Ad

विशेषबाट सफाई पाएका नासुविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ- गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विध ल्यावका सञ्चालक भीमकान्त भण्डारीलाई विशेष अदालतबाट दिइएको सफाईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

४ वर्ष नासु पदमा कार्यरत भीमकान्त भण्डारीविरुद्ध अख्तियारले ३ मा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेकोमा विशेष अदालतले २०८० कात्तिक २१ मा भण्डारीलाई सफाई दिँदै अख्तियारको दाबी नपुग्ने फैसला गरेको थियो ।भ्रष्टाचार मुद्दामा भण्डारीलाई सफाई दिने विशेषको फैसलाविरुद्ध अख्तियार बुधबार सर्वोच्च गएको हो ।

आयोगले भण्डारीविरुद्ध २०७९ असार ३ मा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्