Nic Ad Nic Ad
Nic Ad Nic Ad

टुँडिखेलमा हुलहुज्जत गर्ने तीन जनाको म्याद थप

बिहीबार, भदौ १३, २०८१

काठमाडौं - प्रधानमन्त्रेरी केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी रहेको कार्यक्रममा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध म्याद थप गरिएको छ । प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धानका लागि दुई जनाको पाँच दिन र एकजनाको ९ दिन म्याद लिएको हो ।

गत सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा ओली र देउवा अतिथि बनेर पुगेका थिए । नेताद्वयविरुद्ध नाराबाजी र होहल्ला भएको थियो । प्रहरीले दुईजनालाई सोहीदिन र थप एकजनालाई भोलिपल्ट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत घर भइ वाफलमा रोयल खाजाघर सञ्चालन गर्ने ३४ वर्षिय गोपीराम जैसी, अछाम घर भइ हाल कोटेश्वर बस्ने २५ वर्षिय रेम्बो बुढा भनिने रामबहादुर बुढा र कञ्चनपुर घर भइ हाल किर्तिपुर बस्ने दिपक सिंह ठगुन्ना रहेका छन् । जैसी र बुढा अघिल्लो दिन र ठगुन्ना भोलिपल्ट पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार जैसी र बुढाको ९ दिन म्याद थप गरिएको थियो । ठगुन्नालाई ५ दिन म्याद लिइएको छ । पक्राउ परेको दिनबाट म्याद गणना हुन्छ ।

पक्राउ परेकामध्ये सुर्खेतका जैसी वैदेशिक रोजगारीका लागि साउदीअरब जाने तयारीमा थिए । उनले टिकटसमेत काटिसकेका छन् । उनको उडान आइतबार रहेको छ । तर, सो दिन उनी हिरासतमै रहने भएकाले साउदी उड्न पाउने छैनन् । प्रहरीले आरोपीलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ ।

जैसी रिइन्ट्री भिसामा जान लागेका हुन् । साउदीमा रोजगारी गर्दै आएका उनी छुट्टिमा नेपाल आएका थिए ।

सेप्टेम्बर ६ सम्ममा उनले साउदी फर्किसक्नुपर्ने हुन्छ । तर, अनुसन्धान चलिरहेको अवस्थामा उनी साउदी फर्किन सक्ने सम्भावना क्षीण बनेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्