Nic Ad Nic Ad
Nic Ad Nic Ad

देउवाद्वारा पेशागत तथा बुद्धिजीवी विभागमा १० जना मनोनीत

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पेशागत तथा बुद्धिजीवी विभागमा १० जनालाई मनोनीत गरेका छन् । 

देउवाले (संशोधन सहित) को धारा २५ (९) बमोजिम डिला सङ्ग्रौला प्रमुख रहेको विभागको सदस्यमा १० जनालाई मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 
 

मनोनयन भएका सदस्यहरूमा डा. लोकनाथ दुलाल-ललितपुर, डा. विष्णु बस्याल-पाल्पा, डा. तबस्सुम सिद्दिकी-बाँके, देवराज अवस्थी-कैलाली, मनबहादुर थापा-चितवन, ई. दिलीपकुमार झा-सप्तरी, ई. मनोज घिमिरे-मोरङ, गणेश शाही-दैलेख, डम्बरबहादुर विक-पर्वत र विजय सम्बाहाम्फे-तेह्रथुम रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्