Nic Ad Nic Ad
Nic Ad Nic Ad

चट्याङ लागेर दुई जना घाइते

शुक्रबार, भदौ १४, २०८१

इनरुवा (सुनसरी) - कोशी गाउँपालिका–४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन् ।

स्थानीय ५० वर्षीय हदिस मियाँ  र १८ वर्षीय अक्रम मियाँ घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माछा मार्ने क्रममा हुरी बताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका थिए । घाइतेमध्ये अक्रमको अवस्था गम्भीर रहेको छ भने दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्