Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकामा मुना पाण्डेको हत्याः भारतीय मूलका पटके अपराधी साहले कसरी हत्या गरे? 

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं– नेपालको भोजपुर घर भई सुनसरीको इटहरी पिपलबोटकी मुना पाण्डेको हत्यामा भारतीय मूलका पटके अपराधीको संलग्नता अदालतले पुष्टि गरेको छ। 

अमेरिकाको टेक्ससको हस्टनमा हत्या गरिएकी नेपाली विद्यार्थी  पाण्डेलाई लुटपाटका क्रममा भारतीय मूलका बब्बी सिंह साहले हत्या गरेको बताइएको छ। 

हस्टन प्रहरीले बुधबार पक्राउ गरेका ५१ बर्षका साहले नियतवश घातक हतियाले प्रहार गरेको अदालतमा प्राप्त कागजाती प्रमाणले पुष्टि गर्छ। साहले सोही प्रकारको बयान दिएका हुन्। 

२६२ औ राज्य जिल्ला अदालतमा साहलाई हत्याको मुद्दा परेको छ। उनी पटके अपराधी भएको र पटक पटक जेल परेको खुलेको छ। अदालतको अर्को सुनुवाइ अगाडि सेप्टेम्बर ५ अर्थात् भदौ २० मा हुने भएको छ।

साह लुटपाटदेखि चोरीलगायतका अपराधमा पनि यसअघि बारम्बार जेल परेको भन्ने तथ्य सतहमा आएका छन्।

babi-sing-1724992365.jpg
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्